![]() |

भीमदत्तनगर, २८ पुस– कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका १० मा आज साँझ प्रहरी र भारतीय नागरिकबीच दोहोरो गोली हानाहान भएको छ ।
बेलौरी नगरपालिका–१० मा हतियारसहित आएका चार युवकलाई प्रहरी नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि एक राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिनुभयो ।
यसैगरी प्रहरीले एक भारतीय युवकलाई एक थान पेस्तोलसहित नियन्त्रणमा लिएको छ । अन्य फरार तीन युवकले भारतीय भूमिबाट नेपाल प्रहरीमाथि गोली प्रहार गरेका थिए । प्रहरीले पनि जवाफी गोली प्रहार गरेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।
प्रहरीका अनुसार उनीहरु भारतीय नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएका युवाको पहिचान खुलाएको छैन । रासस
- See more at: http://dcnepal.com/news/news.php?nid=187010#sthash.RAeNWYkD.dpuf

Post a Comment