![]() |
धुर्मुस सुन्तलीले सिन्धुपाल्चोक बराम्ची गाविसका भूकम्प पीडितलाई न्यानो दिएका छन् ।
अत्यधिकचिसोका कारण भूकम्प पीडितको कठ्याङ्ग्रीएर मृत्यु हुन थालेपछि उनीहरुले बराम्ची गाविसका ८ सय १६ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका हुन् । धुर्मुस सुन्तलीको विशेष पहलमा नेपाली समाज टेक्सस अमेरिकाले सिङ्गो गाविसलाई नै न्यानो दिन ब्ल्याङ्केट सहयोग गरेको हो ।
चिसो बढेर भूकम्प पिडीतको बिचल्ली भएपछि न्यानो प्रदान गर्न २०लाख रुपैँया बराबरको ब्ल्याङ्केट जुटाएको एनएसटीले जनाएको छ । भूकम्पबाट बाँचेकाहरुको समेत चिसोले ज्यान लिन थालेपछि जति सक्दो धेरै परिवारलाई न्यानो दिनपहल गरेको सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिएका छन् ।
![]() |

Post a Comment