चितवन निकुञ्जबाट निस्किएको हात्तिले आक्रमण गर्दा एक गोठालेको मृत्यु - 
रत्ननगर (चितवन), २८ पुस– चितवन निकुञ्जबाट गएको हात्तीको आक्रमणमा पर्सा ठोरीका एक व्यक्तिको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत नुरेन्द्र अर्यालका अनुसार चितवन निकुञ्जको जङ्गल छेउमा गोठालो गएका बेला आज अपराह्न जङ्गली हात्तीको आक्रमणमा उनको ज्यान गएको हो ।

हात्तीको आक्रमणमा परी ज्यान जानेमा ठोरी–८ स्थित डाँडाटोलका हस्तबहादुर गोले रहेका छन् ।

चितवन निकुञ्जअन्तर्गत स्थानीय ठुटे खोलाको मुहाननजिकै गाईवस्तु चराउन गएका बेला उनलाई हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परी बर्सेनि मानिसको ज्यान जाने गरेको छ । रासस - See more at: http://dcnepal.com/news/news.php?nid=187007#sthash.aVbSmI7b.dpuf

Post a Comment

 
Top