![]() |
Kathmandu, 28 Dec - so easy to import from India to Kathmandu thalepani only if at least have entered.
Stating that India was about one hundred daily nearly 10 truckloads of
fuel car to Kathmandu, Nepal bhitriepani have. According to the
Department of Customs on Monday, only the major fall Kumar dhunganaka
diesel and petrol 11 40 tankers and 45 gas bullet bharataba have entered
Nepal.
India holiday weekend due to lower fuel vehicles are generally appalled
more than 70 days in Nepal has begun a hundred vehicles, he said. Three
days in Kathmandu at least has begun to fuel a vehicle carrying police
in charge of traffic police Sub-Inspector Gunanidhi Nagdhunga he is
hopeful.
According to him, the last 24 hours by three bullets, three tankers of
diesel and gas, air fuel a tanker carrying 2 and petrol has arrived.
Various companies like gas cylinder 6 thousand 3 hundred 6 Kathmandu
inbound shipments, he said.
According to the Nepal Oil Corporation to be imported as compared to the
past some ease thalepani diesel fuel still has not intuitive. NOC
spokesperson Mukunda Ghimire, despite the agreement, India betalapura
magnitude petrol depot would not do.
Gasoline imports of diesel increased nabadhepani Corporation increased
sales of petrol pumps in the country as to its preparation, he added.
According to him, the airline will now provide private sellers and
diesel is.
काठमाडौँ, २८ पुस - भारतबाट इन्धन आयात केही सहज हुन थालेपनि काठमाडौंमा भने कम मात्र भित्रिएका छन्।
केही दिनयता भारतबाट दैनिक झण्डै एक सय वटा इन्धनका गाडी नेपाल भित्रिएपनि
झण्डै १० वटा गाडी मात्र काठमाडौं आउने गरेका छन्। भन्सार विभागका प्रमुख
शिशिर कुमार ढुंगानाका अनुसार सोमबार मात्रै डिजेल ४० तथा पेट्रोल ११
ट्यांकर र ४५ वटा ग्यास बुलेट भारतबा नेपाल भित्रिएका छन्।
भारतमा बिदा हुने भएकाले शनिबार र आइतबार इन्धनका गाडी कम आएपनि अरु दिन
सामान्यता ७० देखि सय वटा गाडी नेपाल आउन थालेको उहाँले बताउनुभयो। तीन
दिनदेखि काठमाडौंमा इन्धन बोकेका गाडी कम आउन थालेको नागढुङ्गा ट्राफिक
प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिनुभयो।
उहाँका अनुसार गएको २४ घण्टामा तीन ट्यांकर डिजेल र तीन बुलेट ग्यास, हवाइ
इन्धन २ तथा पेट्रोल बोकेको एउटा ट्यांकर काठमाडौं आइपुगेका छन्। यस्तै
विभिन्न कम्पनीका ६ हजार ३ सय ६ वटा ग्यास सिलिन्डर पनि काठमाडौं भित्रिएको
उहाँले बताउनुभयो।
नेपाल आयल निगमका अनुसार पहिलेको तुलनामा डिजेल केही सहज रुपमा आयात हुन
थालेपनि पेट्रोल भने अझै सहज हुन सकेको छैन। निगमका प्रवक्ता मुकुन्द
घिमिरेका अनुसार भारतको बेतालपुर डिपोबाट पेट्रोलको परिमाण बढाउने सहमति
भएपनि त्यसो नभएको बताउनुभयो।
पेट्रोल नबढेपनि डिजेल आयात बढेपछि निगमले देशभरी कै पेट्रोल पम्पमा बढाएर
बिक्री गर्ने तयारी गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार अब निजी
बिक्रेतालाई पनि डिजेल उपलब्ध गराउने निगमको योजना छ।
![]() |

Post a Comment