![]() |
पुस २०,
२०७२-
सप्तरीको झुटकी प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रमेश सुब्वालाई सोमबार साँझ मोटरसाइकलमा आएका दुई जनाले गोली हानी हत्या गरेका छन् ।
प्रहरी चौकी नजिकैको भौडाहा भन्ने चोकमा बसिरहेका बेला पौने ६ बजे मोटरसाइकलमा आएका २ जनाले गोली हानेका पूर्व क्षेत्रीय प्रहरी प्रमुख माधव जोशीले वताए । छाति र तिघ्रामा गोली लागेका सुब्बालाई उपचारका लागि राजविराजस्थित अञ्चल अस्पतालमा ल्याइएको थियो । उनको त्यही मृत्यु भएको हो ।
‘घटना स्थलमा भर्खर मात्र टोली पुग्दै छ,’ डीआईजी जोशीले भने, ‘थप विवरण आएपछि मात्र बाँकी कुरा भन्न सकिन्छ ।’ घटनास्थल जिल्ला सदरमुकमावाट ३५ किलोमिटर पश्चिममा पर्छ । ‘अज्ञात समुहको गोली लागि असईको मृत्यु भएको छ,’ सप्तरी प्रहरी प्रमुख भीम ढकालले भने, ‘उनीसहितको टोली गस्तीमा गएको थियो या उनीमात्र गएका थिए अहिले खुल्न सकेको छैन ।’
घटना भएको क्षेत्रमा व्यापक प्रहरी परिचालन गरेको उनले बताए ।<< video >>
https://goo.gl/KzOYZl

Post a Comment