![]() |
जिल्ला अदालतमा धादिङले मागेको धरौटी रकम वुझाउन नसक्दा सवै चालक र सहचालकहरुलाई कारागार पठाइएको जिल्लास्थित प्रहरी प्रमुख सविन प्रधानले बताए । भारतबाट ल्याउँदै गरेको नेपाल आयल निगमको डिजल गत पुस ७ गते अपरान्ह त्रिभूवन राजपथस्थित नौविसेका विभिन्न होटलहरुमा ट्याङ्करका सिलहरु तोडेर कालोबजारी गरि बेच्दै गरेको अवस्थामा खानी खोलास्थित ईलाका प्रहरीले ७ वटा ट्याङकरमा रहेको १ लाख ४० हजार लिटर डिजल सहित बेच्ने चालक र खरिद गर्ने स्थानीयवासिन्दाहरुलाई पक्राउ गरेको थियो ।
जिल्ला अदालत धादिङले सोमबार महेश उराउ, अजय उराउ, गुमवहादुर भुजेल, शुमेस भुजेललाई जनही २५ हजार, जिवन थिङ्ग, विष्णु सुवेदी, विशाल तामाङ्ग, र विक्रम आचार्य समेतलाई जनही ४८ हजार र विष्णुप्रसाद आचार्यलाई ५३ हजार नगद धरौटी माग गरे पनि चालकहरुले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको हो ।
प्रहरीले कव्जामा लिएका नेपाल आयल निगमका ७ ओटै ट्याङकरहरु निगमबाटै अन्य चालकहरु बोलाएर राजधानी पठाइएको थियो ।
![]() |

Post a Comment