आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले नेपालमा अर्को शक्तिशाली भूकम्प जान सक्ने बेलायती अध्ययनको चेतावनी, भूकम्पपीडितलाई भोकमरीको खतरा, दुई लाख ६० हजार जनता उच्च जोखिममा, माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि युरोपेली बैंकबाट लगानी ल्याउने तयारी लगायतका खबरहरुलाई मुख्य विषयवस्तु बनाएर खबर छापेका छन्। यसैगरि बिजुली नबाली भारतलाई अढाई अर्ब तिर्नुपर्ने, नाकाबन्दीले ३ खर्ब ४ अर्बको क्षति, २२ सय उद्योग बन्द, ४ लाख बेरोजगार, फुटेका मन्त्रालयमा भद्रगोल लगायतका समाचारले पनि आजका पत्रपत्रिकामा मुख्य स्थान पाएका छन्।  
- See more at: http://www.dcnepalonline.com/video/video.php?nid=42520#sthash.nRnPzxOg.dpuf

Post a Comment

 
Top