![]() |
पुस ३०, २०७२-
स्वास्थ्य मन्त्रालयले भेरी अञ्चल अस्पतालका डा. पीताम्बर सुवेदीले तनहुँको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणमा गरेको अनियमितताको रकम उनको तलब भत्ताबाट असुली गरिरहेको छ ।
तनहुँस्थित भीमाद प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणमा गरेको अनियमितता छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ९२ हजार ५ सय ४९ रुपैयाँ असुलउपर गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो । डा. सुवेदी उक्त स्वास्थ्य केन्द्रको प्रमुख हुँदा भवन, डाक्टर र स्टाफ क्वार्टर निर्माणमा अनियमितता गरेको भन्दै अख्तियारले असुल गर्न आदेश दिएको थियो ।
लेखापाल भूपेन्द्र मल्लले उनको साउनदेखिको तलब भत्ता रोकेर असुली गरिरहेको बताए । ‘अख्तियारको निर्णयअनुसार मन्त्रालयले तलब भत्ताबाट उक्त रकम असुल गर्न निर्देशन दिएको थियो,’ उनले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०६६ असोज १२ गते सुवेदीबाट अनियमितताको रकम असुलउपर गर्न भनेको थियो । सुवेदीको मासिक तलब भत्ता ३३ हजार ९ सय ६० मध्ये सञ्चयकोषमा जम्मा हुने रकमबाहेक अरू रोकिएको छ । पाँच महिनामा १ लाख ३५ हजार असुल भएको छ । पूरै रकम असुल नहुँदासम्म तलब रोक्न मन्त्रालयले निर्देशन दिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीले गत चैत १० मा भेरी अञ्चल अस्पताललाई पत्राचार गरी तलब भत्ताबाट असुलउपर गरी सोको भौचरसहित जानकारी गराउन निर्देशन दिएका थिए । त्यतिबेला डा. सुवेदी अस्पतालका निमित्त प्रमुख थिए । अस्पतालको सेवा अस्तव्यस्त पारेको र आर्थिक अनियमितता गरेको आरोपपछि मन्त्रालयले असारमा उनलाई अस्पताल प्रमुखबाट हटाएको थियो । सुवेदीविरुद्ध औषधि र उपकरण खरिदलगायतमा १ करोड ४४ लाख अनियमितता गरेकोबारे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
भ्रष्टाचारको रकम असुलीका लागि पत्र पठाए पनि कार्यान्वयन नभएपछि मन्त्रालयले तलब भत्ताबाट असुलउपर गर्न निर्देशन दिएको हो । सुवेदीले आफूले पुनरावेदन गर्न लागेकाले तलबबाट असुल नगर्न आग्रह गर्दै आएका थिए । ओपीडी प्रभावित भेरी अञ्चल अस्पतालका निमित्त प्रमुखबाट हटाइएपछि वरिष्ठ बालरोग विशेषज्ञ डा. सुवेदी नियमित अस्पताल आउन छाडेका छन् । तीनपटक गरी उनी झन्डै दुई महिना बिदामा बसेका छन् । तलब भत्ता रोकिएपछि उनले मन लगाएर काम गर्न छाडेका छन् ।
अर्का बालरोग चिकित्सक कुलदीप गोइत पनि निलम्बनमा परेका छन् । मेडिकल काउन्सिलका सदस्य रहेका उनी आर्थिक अनियमितताबारे अख्तियारले मुद्दा चलाएपछि निलम्बनमा परेका हुन् । दुवै बालरोग चिकित्सकले काम नगर्दा भेरी अस्पतालको बालरोग विभाग अस्तव्यस्त बनेको छ ।

Post a Comment