महोत्तरीको
बर्दिवास नगरपालिका २ का ३५ बर्षीय रामपृत सदा मुसहरको एउटा सानो झुप्डी
छ। जहाँ उनका ६ जना परिवारका सदस्यहरु रात विताउँछन्। पुस माघको लुगलुग
कापने कठ्याङग्रीदो जाडोमा न्यानो ओड्ने औछ्याउनेको अभावमा सदाका परिवारका
सदस्यहरु महिनौ दिन देखि मस्तले निदाउन सकेका छैन। परिवारका सदस्यलाई
आर्थिक अभावले बढ्दो जाडोमा न्यानो लुगा किनीदिन सकेका छैन। उनको झुपडी
बाहेकको अरु जग्गा जमिन छैन। दिनभरी जंगल गएर ल्याएको दाउरा बिक्री गरेर
आएको रुपैंयाले रामपृतको चुलोमा राति आगो बल्छ। जुन दिन जंगलबाट दाउरा
ल्याउन सक्दैन वा जंगलबाट ल्याएको दाउरा बिक्री हुदैंन त्यो दिने दिन राति
चुल्हो बल्न मुसकिल नै पर्छ। मधेशी दलित समुदायका सदा मुसहर बस्तिको एउटा
प्रतिनीधि पात्र मात्र हुन्। उनी जस्ता त्यस बस्तिका करीब ६० घरधुरीका ४२०
जना मानिसहरु चिसो संगै चलेको शितलको कारणले रातभरी जाग्राम बसेर भगवान्को
भरमा रात बिताउदै आएका छन्। यसरी जीवन बिताउन बाध्य भएपनि मुसहर समुदायका
मानिसहरु कसैलाई भन्न आँट गर्दैन। जाडोसंग उनीहरु साइनो नै गाँसेको
देखिन्छ। मुसहरहरुको जीवन नियाल्न केही दिन अघि नेपालका हाँस्य कालाकार
धुर्मुश र सुन्तली पुगेका थिए। मुसहरहरुको घर घर पसेर उनीहरुको जीवन
नियाल्दा धुर्मुश र सुन्तली भावुक बनेका थिए। कालाकारद्वयले मुसहरु
समुदायका मानिसहरुसंग उनीहरुका दिन चर्या कसरी चलिरहेको बारेमा करीक २
घण्टा सम्म कुराकानी गरेका थिए। उनीहरु मुसहरका बालबालिकाहरुको अवस्था
हेर्दा निकै चिन्तित बनेका थिए। जब मुसहर बस्तिमा हास्यकालाकार धुर्मुश र
सुन्तली पुग्दा गाउँ भरीका मानिसहरु जम्मा भएका थिए। उनीहरुले कालाकारले
हसाउने सोचेका थिए। तर त्यहाँ हास्यकालकार नै भावुक बनेपछि गाउँका मानिसहरु
कानेखुशी गर्न थालेका थिए।
Post a Comment