![]() |
जिल्ला प्रहरी कार्यालयका अनुसार सिपवा गाविस–६ की सुनिता मल्लाह र उनको पेटमा रहेको आठ महिने शिशु समेतको हत्या भएको अभियोगमा मृतकको श्रीमान् २६ वर्षिय सैलेश मल्लाहलाई पक्राउ गरेको छ । यस्तै मृतकका ससुरा ६० वर्षिय रतन मल्लाह र सहयोगी शिवदास कलवार, शिवड मल्लाह र सुरज मल्लाहलाई अपराध लुकाउन दाह संस्कार गर्नमा सघाएको आरोपमा पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरि रातमा घर आएका सैलेशले शनिबार घरमा सुतिरहेकी श्रीमती सुनिता मल्लाहको पेटमा लाठीले प्रहार गर्दा उनि खाटबाट खसेकी थिइन् । उनको पेटमा आठ महिनाको गर्भ रहेको र सैलेशले प्रहार गरेको चोटको पीडाकै कारण सुनिताको केही क्षणमै मृत्यु भएको प्रहरीको दाबि छ ।
मृतक सुनितालाई घाटमा जलाइरहेको अवस्थामा कसैले खबर गरेपछि प्रहरीलाई यस बारेमा जानकारी भएको थियो ।
![]() |

Post a Comment