![]() |
पुस २८, २०७२-
गए राति छुट्टाछुट्टै दुई ठाउँमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । गोरखा नगरपालिका–७ स्थित गोरखकाली कपास उद्योग र गोरखा नगरपालिका–१ स्थित बसपार्कमा रहेको शंकर टेलर्समा आगलागी भएको हो ।
कपास उद्योगमा आगलागी हुँदा कपासका साथै यन्त्र जलेर नष्ट भएको सञ्चालक सुरेन्द्र भन्तनाले जानकारी दिए । उद्योगमा तयारी सिरक र डसना पनि जलेर नष्ट भएको छ । आगलागीबाट रु २० लाख क्षति भएको बताइएको छ ।
त्यस्तै गए राति ११ बजे शङ्कर टेलर्समा आइरनमा विद्युत् चुहावट भई आगलागी भएको अनुमान गरिएको छ । प्रहरी र स्थानीयवासी मिलेर राति नै आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केशव रेग्मीले जानकारी दिए । आगलागीबाट रु १० लाखको क्षति भएको जनाइएको छ । रासस

Post a Comment