![]() |
हिउँ पन्छाउँदै बित्छ दिनरात
हिउँले अस्थायी टहरा पुरिन थालेपछि
उत्तरी गोरखाका भूकम्पपीडितको दिनरात हिउँ पन्छाउँदैमा बित्ने गरेको छ ।
‘दुई रात दुई दिन हिउँ पन्छाउँदैमा बित्यो,’ बारपाकका खेमराज घलेले सोमबार
भने, ‘आज घाम लागेकाले अब पग्लेला कि ।’ अस्थायी टहराले हिउँको भार थेग्न
नसक्ने भएकाले जागा बसेर पुरै रात कटाएको उनले बताए ।
टेन्ट र पालमुनि बसेकाको अवस्था हिमपातले दयनीय भएको उनले दुखेसो गरे । ‘म पनि टेन्टमै बसेको छु,’ उनले भने, ‘एक्कासि हिउँ परेपछि ज्यान जोगाउन मुस्किल पर्यो ।’
असिना, पानी, हुरीबतास र चट्याङसँगै हिमपात भएको उनले बताए । चिसो र ओसिलो ठाउँमा हिउँ जमेर बसेकाले हिँडडुल गर्न कठिनाइ भएको छ । ‘घाँस दाउरा गर्न जंगल जान सक्ने अवस्था पनि छैन,’ स्थानीय सरिता घलेले भनिन् ।
प्रहरी र स्थानीयले लाप्राकको गुप्सीपाखामा पुरिएका अस्थायी टहरोको हिउँ हटाउने काम थालेको प्रहरी निरीक्षक शंकर आचार्यले बताए । ‘अवस्था सजिलो छैन, तर गाउँलेसँग मिलेर सक्ने सहयोग गरिरहेका छौं,’ उनले भने ।
हिमपातले भत्किएका गैरसरकारी संस्थाका गोदाम पनि पुनर्निर्माण गरिएको उनले बताए । हिउँले पुरिएका ब्ल्यांकेट, त्रिपाल, कम्बल, सिरक, सोलार, औषधि निकालेर गाविसको जिम्मा लगाइएको छ । हिउँ थपिने हो कि भन्ने चिन्तामा गाउँले रहेको लाप्राक पुगेका असई कुलबहादुर अधिकारीले बताए ।
‘अस्थायी टहराले हिउँको भार थेग्दैन,’ उनले भने, ‘थपिएन भने उद्धार सजिलो होला, नत्र गाह्रो छ स्थिति ।’
काशीगाउँस्थित नेपाल टेलिकमको टावरको सोलार पातामा समेत हिउँ जमेकाले लाप्राक, गुम्दा, केरौंजा र उहियालगायत क्षेत्रको सञ्चार अवरुद्ध छ ।
टेलिफोन मर्मतका लागि टेलिकमको क्षेत्रीय कार्यालयमा आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले बताए । राहत बोकेर गएको नेपाली सेनाको हेलिकप्टर लाप्राकमा बस्न नसकेर सदरमुकाम फर्किएको छ ।
न्यानो कपडा, औषधि र खाद्यान्न बोकेर गएको हेलिकप्टर मौसम खराबीका कारण अवतरण गर्न नसकेको भैरवी दल गणका गणपति शिवराज पन्तले बताए । ‘मौसम अलि अनुकूल देखियो भने राहत लैजाने कोसिसमा
छौं,’ उनले भने ।
बारपाक पुग्ने बाटो पनि वर्षाका कारण हिलो र चिप्लो भएकाले उद्धार टोली र राहत सामग्री पुर्याउन मुस्किल भएको छ । लाप्राक हँुदै गुम्दा जाने कच्ची सडकमा हिउँ जमेको छ । यसले सवारीसाधन गुड्न र मानिस, पशुचौपाया हिँडडुल गर्न सक्ने अवस्था छैन । राहत र उद्धारमा पुगेका सवारीसाधन पनि लाप्राक र गुम्दामा अलपत्र परेका छन् ।
हिउँ परेका ठाउँमा गैरसरकारी संस्थालाई न्यानो सामग्री वितरण गर्न परिचालन गरिएको प्रजिअ तिमल्सेनाले जानकारी दिए । ‘पीडितलाई न्यानो कपडा किन्न सरकारले दिने भनेको १० हजारअन्तर्गतको जिल्लामा अपुग ३० करोडमध्ये १० करोड रुपैयाँ आज (सोमबार) निकासा आयो, ९ वटा गाविसमा बाँड्न पठाएका छौं,’ उनले भने । न्यानो कपडाकै लागि अझै तीन गाविस र दुई नगरपालिकामा बाँड्न २० करोड रुपैयाँ नपुगेको उनको भनाइ छ ।
छाप्रा पुरिए
धादिङ– जिल्लाका उत्तरी गाविसहरू झार्लाङ, सेर्तुङ, तिप्लिङ, लापा र रि क्षेत्रमा भूकम्पपीडितको छाप्रो हिउँले पुरिएको छ । कार्यालय प्रमुखहरूले आइतबार ती क्षेत्रको अवलोकन गरी पीडितहरू चिसोको चपेटामा झन् परेको बताएका छन् । पीडितको अवस्था झन् जोखिम हुँदै गएको छ ।
कार्यालय प्रमुखहरूले प्रभावित क्षेत्रमा अवलोकन गरे पनि उद्धारमा तदारुकता देखिएको छैन । ‘हिउँ परेकाले पीडितको अवस्था जटिल छ,’ ती क्षेत्रको अवलोकनपछि सदरमुकाम फर्केर स्थानीय विकास अधिकारी भगवान अर्यालले भने, ‘हामीले राहतका लागि प्रयास जारी राखेका छौं ।’
ती क्षेत्रमा हिउँ परेका कारण सर्वसाधारण र प्रहरीको सञ्चारमा समेत समस्या आएको छ । न्यानो लुगा किन्न जान सकेका छैनन् ।

Post a Comment